images
images

शाखा विस्तार गर्दै राष्ट्रिय वाणिज्य बैंक :देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय

१ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजारमा शाखा विस्तार भएका छन् ।

यस्तै, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालीकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार सुरु भएको हो ।

यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कणर्ाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेेको बताए ।

लाल्टिन खबर
images
SKIP THIS