काठमाडौँ, ५ फागुन – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार सङ्घ गठन भएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधानअनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई आज सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन गर्नुभएको छ । देश, मधेस एवं पार्टीको हितमा कार्यकाल उपलब्धिमूलक हने विश्वास लिइएको उहाँले बताउनुभयो ।
सङ्घको बाँकी कार्यसमितिलाई चाँडै पूर्णता दिइने संयोजक वर्माले जानकारी दिनुभयो । लामो समयदेखि पत्रकारितामा क्रियाशील वर्मा लालटिन खबरको मधेस प्रमुख समाचारदाता र हिमालिनी पत्रिकाको क्षेत्रीय प्रबन्धक हुनुहुन्छ ।


लाल्टिन खबर 





