काठमाडौं –कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु प्रकरण बारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल सरकारले कूटनीतिक तवरले तुरुन्त समस्याको सम्बोधन गर्नु पर्छ। प्रकृति लम्सालको संकास्पद मृत्यु प्रकरण बारे निस्पक्ष छानबिन हुनु पर्छ।
उक्त इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिनु र न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले गरेको दमन निन्दनीय छ ।अध्ययनरत नेपाली विद्यार्थीमाथि जघन्य, अपमाजनक र अमानवीय व्यवहार हुनु दुखद र अस्वीकार्य छ।
नेपाल सरकारले भारत स्थित नेपाली दुतावास, मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग आबस्यक सम्पर्क र समन्वय गरि नेपाली बिद्धार्थीहरुको सुरक्षा, आत्म सम्मान र अधिकारको सुनिश्चत गरिनु पर्छ। ज्यान गुमाएकी आफ्नी सहपाठीका कारण तनाव र दुखमा नेपाली रहेका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको अमानबिय व्यवहार फेरि नदोहोरियोस् भन्ने बारेमा सचेत हुन आवश्यक छ ।
मृतक लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
एकनाथ ढकाल
प्रतिनिधि सभा सदस्य


लाल्टिन खबर 





