काठमाडौं, ६ फागुन – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमणसम्बन्धी विधेयकको विपक्षमा उभिने उद्घोष गरेका छन् । आज (मंगलबार) पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।


लाल्टिन खबर 





