काठमाडौं, ६ फागुन – भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे।
यस्तै, माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेकोप्रति आपत्ति जनाए।
उनले घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नको लागि सरकारसँग माग गरे।
यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गरे।
उनले भने, ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए। तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए। हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्।’
सदनमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।








