images
images

रविले भने:मिटर ब्याजसम्बन्धी विधेय संसद्‍बाट पारित हुनु एउटा लडाइले सार्थक पाएको ठहर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी विधेय संसद्‍बाट पारित भएपछि एउटा लडाइले सार्थक पाएको बताएका छन्।

आइतबार राति सामाजिक संनजाल फेसबुक मार्फत उनले सञ्चारकर्मी हुँदादेखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कामको सहयोगी बन्न पाएकेमा गौरवान्वित महसुस गरेको बताए।

मिटर ब्याजीविरुद्धको लडाइँले टेलिभिजनबाट सदनसम्म ल्याएको उल्लेख गर्दै उनले सरकारलाई धन्यवाद पनि दिएका छन्।

‘सञ्चारकर्मी हुँदादेखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महसुस भएको छ। मिटर ब्याजीविरुद्धको लडाइँल टेलिभिजनबाट सदनसम्म ल्यायो । मिटर ब्याजीविरुद्धको विधेयक संसद्बाट भर्खरै पारित भएको छ । यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस्। धन्यवाद सरकार।’ रविले लेखेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकबाट मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ संशोधनसहित पारित भएको हो।