images
images

ट्रम्पलाई मेन्सन गर्दै बालेन सामाजिक सञ्जालमा लेख्छन्ःआफ्नो अभिलाषा (डिभी) दासत्व पनि बन्द गर्नुहोस्

काठमाडौँ, ९ फागुन – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा उनले ‘कृपया आफ्नो अभिलाषा (डिभी) दासत्व पनि बन्द गर्नुहोस्; हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं’ उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्। तपाईं गरीब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। बाँकी संसारभन्दा तपाईंहरू अल्छी हुनुहुन्छ। कृपया आफ्नो अभिलाषा (डिभी) दासत्व पनि बन्द गर्नुहोस्; हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई अघि बढ्न दिनुहोस्।’