काठमाडौं, ९ फागुन – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली भएर बाच्ने आधार दिन प्रधानमान्त्रीलाई अनुरोध गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन्।
अमेरिकाले ‘भ्रष्ट’ र इन्डियाले भिखारी भनिसकेको बताउँदै आफूलाई मेयर भन्ने भुलेर नेपाली भएर बाच्न दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले क्रप्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्,’ सामाजिक सञ्जालमा बालेन लेख्छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्ट भनेपछि बालेनले यसअघि बिहीबार सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै त्यसको विरोध गरेका थिए।
साथै, उनले अमेरिकीहरू अल्छी भएको र नेपालीले काम गरेर सहायता दिएको बताएका थिए।



लाल्टिन खबर 





