images
images
images

एनसेलले ल्यायो डेटा प्याक अफर

काठमाडौं, ९ फागुन – एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याक सन्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकलाई सधैं अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् । करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेट पञ्योग गर्नसक्ने कम्पनीको कभनाइ छ ।

ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ । जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्ने बताइएको छ । यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प रहेको एनसेलकाोकक भनाइ छ ।

ग्राहकले एनसेल एपमार्फत सो प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्वाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।

यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकलाई विषेश महत्त्व राख्दछ ।