images
images

रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

मोबाइलमा म्यासेजमार्फत धम्की दिएको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङका विजय कालीकोटे रहेका छन्। उनले गत असार १९ मा डोलप्रसादलाई मोबाइलमा म्यासेज पठाएर धम्की दिएको बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले त्यस दिन दिउँसो १ः२६ बजे डोलप्रसादलाई म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएका थिए।