images
images

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । उनलाई आइतबार बिहान बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि एआईजी रविन्द्र केसीले भट्टराईलाई बढुवा गर्नका लागि राजीनामा दिएका थिए ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । केसीले आफू बढुवा हुँदा नै एक महिनामा राजीनामा गरेर भट्टराईको बढुवाका लागि बाटो खुला गर्ने सहमति गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ । एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।