images
images
images

विदेशी निकाय र एनजिओबाट कति पैसा नेपाल आयो सदनलाई जानकारी गराउन माग

काठमाडौं, १२ फागुन – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले हाल सम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आयो र त्यो के–के कुरामा खर्च भयो भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । सोमबार (आज)को प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले एनजिओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप समेत लगाएका थिए ।

उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे । ‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्राउनेमा लगानी भयो ?  यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ । सरकारको तर्फबाट सदनलाई जानकारी गराउन आग्रह गर्दछु ।’ उनले भने ।