images
images
images

राष्ट्र बैंकले आज मौद्रिक नीतिको दोसो त्रैमासिक समीक्षा गर्ने

काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ।  समीक्षा सार्वजनिक अघि साँझ पाँच बजे राष्ट्र बैंकको बोर्ड बैठक बस्नेछ।

उक्त बैठकले अनुमोदन गरेपछि साँझ नै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले बताए।

गभर्नर महाप्रसाद अधिकारीले बाह्य अर्थतन्त्र सन्तुलन र मूल्य स्थिरताका लागि नीतिगत लचकता अपनाउने गरी मौद्रिक नीतिमा केही संशोधन गर्ने संकेत गरेका छन्।

समीक्षाअघि बैंकरको सुझाव लिएका गभर्नर अधिकारीले बैंकिङ क्षेत्रका लागि जारी गरिएकामध्ये केही नीति संशोधन गर्ने आश्वासनसमेत दिएका थियो। यद्यपि ब्याजदर बढ्न सक्ने भन्दै निजी क्षेत्रले भने चिन्ता व्यक्त गरेका छन्।