images
images
images

संयुक्त राष्ट्रसंघमा पहिलोपटक युक्रेनको विपक्षमा अमेरिकाको मत, रुसलाई साथ

काठमाडौं – संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

बीबीसीका अनुसार यो प्रस्तावका पक्षमा ९३ र विपक्षमा १८ मत परे।

अमेरिका, इजरायल र हंगेरीसँगै रुसले प्रस्तावका विपक्षमा मतदान गरे भने रुस र युक्रेनबीच युद्ध सुरु भएयता अमेरिकाले पहिलोपटक युक्रेनका विपक्षमा मत दिएको हो।

६५ देशले मतदानमा भाग लिएनन् भने प्रस्तावलाई जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशले समर्थन गरेका छन्। नेपालले पनि प्रस्तावको समर्थन गरेको छ।

यस प्रस्तावमा भएको मतदानमा भारत र चीनले भाग लिएनन्। यो प्रस्ताव युक्रेन(रुस युद्ध सुरु भएको तीन वर्ष पूरा भएको समयमा आएको हो।