images
images

चितवन प्रहरीले एक वर्षमा ४७५ जना फरार पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका ४७५ जना मानिसलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयनको लागि आफू मातहतका प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए ।

एसपी रामेश्वर कार्कीका अनुसार आर्थिक वर्ष २०७९/०८० को १२ महिनाको अवधिमा पक्राउ परेका उनीहरुबाट ८० वर्ष १० महिना ७ दिन कैद सजाय कार्यान्वयन गराइएको छ । उनीहरुबाट अदालतले विभिन्न समयमा गरेको जरिवाना फैसलाको पनि कार्यान्वयन गराइएको छ । ४७५ जनाबाट १ करोड ३० लाख ६७ हजार १३३ रुपैयाँ जरिवाना असुल गरिएको एसपी कार्कीले बताएका छन् ।