images
images

सीतालाई सम्झँदै प्रचण्डले भने- ‘न बाँच्दा दु:ख दियौँ, न मर्दा'(तस्बिरसहित)

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको आज सात दिन पुगेको छ।

गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएकी उनको आज सातौँ दिनको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो।

पत्नी वियोगमा परेका प्रधानमन्त्री दाहालले उक्त सभामा सम्बोधन गर्दै आफ्नो जीवनसहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरेका थिए। आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाचुञ्जेल पनि आफूलाई कहिल्दै दु:ख नदिएको र मर्दापनि दु:ख नदिई चुपचाप बिदाई भएको बताएका थिए।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।

कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो।