images
images

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट

काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो ।

काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।

परराष्ट्रमन्त्री राणा जेनेभामा भएको राष्ट्रसंघीय बैठकमा सहभागी भएर नेपाल फर्कदै थिइन्।