images
images

रूपन्देहीमा अज्ञात समूहको गाेली प्रहारबाट युवकको हत्या

रूपन्देही– रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए।

मृतक घरमा एक्लै बस्ने गरेको र स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी  कार्कीले बताए।

‘घरको बरन्डामा आज बिहान ८: १५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ’ डिएसपी कार्कीले भने।