images
images

नेपाली कांग्रेसले २२ विभाग थप्ने

काठमाडौं । नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ ।

सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव कांग्रेस महामन्त्री गगनकुमार थापाले पेस गर्नुभएको हो।

नेपाली कांग्रेसको विधान अनुसार ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको हो ।

थप विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक-सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।