सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षिय दिनेश विकको शंकास्पद मृत्युको घटनामा सङ्लन दोषीलाई कानून बमोजिम कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय संसद, राष्ट्रिय सभाको आजको वैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा २२ वर्षिय विकको शङ्कास्पद मृत्युका सम्बन्धमा मृतकको काकाले दिएको किटानी जाहेरीमा उल्लेख भएका तीन जना व्यक्तिहरु देवकी घतानी, उलेजबहादुर घतानी र राजकुमार सुनारलाई पक्राउ गरिएको उल्लेख गर्नुभयो ।
निजहरु उपर अनुसन्धान जारी रेहको र त्यस सम्बन्धमा निस्पक्ष छानबीन गरी मुद्धा दायर गरिने उहाँको भनाइ छ । त्यसैगरी रौतहट घटनामा कसुर गर्नेमध्ये एक जनालाई पक्राउ गरी कानुन बमोजिम कारवाही र बाँकीको खोजतलास भइरहेको र बैतडी घटनामा दलित र गैरदलित दुवैको सहभागितामा मृतकको लाश कुर्ने, दाहसंस्कार गर्ने कार्य भएको भन्ने जानकारी प्राप्त भएको भएको संसदलाई जानकारी गराउनुभयो ।
“कुनै पनि जातीय विभेद तथा छुवाछुत, हत्या, हिंसा, शोषण र दुव्र्यवहारविरुद्ध सहज उजुरी गर्ने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी केन्द्र, दलित डेस्क, नागरिक सहायता कक्ष, ठाडो उजुरी शाखा समेतको स्थापनागरी सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।
ती शाखामा प्राप्त जाहेरी/उजुरीलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उहाँको भनाइ छ । उहाँले यस्ता विषयमा मेलमिलाप तथा झुठ्ठा मुद्धामा फसाउने कार्य नभएको र त्यस्ता कार्य भएका कानून बमोजिम कारवाही गरिने व्यहोरा सदन समक्ष जानकारी गराउनुभयो । रासस








