images
images

चैत ७ भित्र वडा र पालिका अधिवेशन सक्न लोसपाको परिपत्र

काठमाडौँ, २० फागुन – लोसपा नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न पार्टीका जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । सोमबार अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनलाई मध्यनजर गरेर परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । 

‘लोसपा नेपालको निर्वाचन निर्देशिका २०८१ अनुसार धारा (१) (३) बमोजिम वडा अधिवेशन र पालिका अधिवेशन त्यस जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी गराई ८१ चैत ७ भित्र सम्पन्न गरी प्रदेश कार्य समिति तता केन्द्रीय समितिमा लिखित जानकारी गराउन निर्देशन गरिन्छ’, परिपत्रमा भनिएको छ ।

लोसपाले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

losapa