काठमाडौं, २० फागुन – थापाथली चोक नजिक मेलम्ची खानेपानीको पाइप फुटेपछि त्यस क्षेत्र डुबानमा परेको छ ।
थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल छिर्नेतर्फको सडकमा खानेपानीको पाइप फुटेको हो ।
बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो । सडकसमेत अवरुद्ध भएको छ । पानी नजिकका घर र पसलहरुमा पसेको छ ।
यहाँको पाइप के कारणले फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको छ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।








