बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बुधवार बिहान ८ बजेदेखि शुरु भएको बैठक अहिले चलिरहेको छ ।

पत्नी सीता दाहालको निधनपछि आजबाट नियमित काममा फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवासमै बैठक डाकेका हुन् ।

आजको बैठकले केही दिन अघि सचिवमा बढुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएका दुई सचिवको व्यवस्थापन गर्दै छ भने प्रदेशमा दुई सचिवलाई संघमा ल्याउन सक्ने बुझिएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका इटाली जान लागेका हुन् । साउन ७ गते गएर ११ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ।

यससँगै मन्त्रालयका अन्य नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।