images
images

बुढीगण्डकी आयोजनाका नाममा देशले १० वर्ष खेर फाल्यो: बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी आआयोजनाको नाममा देशले १० वर्ष खेर फालेको बताएका छन् ।

बुधबार गोरखाको सिरुङ्टारमा फिल्ड कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै भट्टराईले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताए ।

भट्टराईले यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने बताए । तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत बताए । हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने समेत उनले बताए ।

भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बनाउन समेत प्रस्ताव गरेका छन् ।