images
images

प्रचण्डको तस्बिर जलाएपछि पक्राउ परेका राप्रपा नेता रिहा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन्।

आइतबार चितवनबाट पक्राउ परेका उनलाई आजै रिहा गरिएको हो। उनलाई चितवनबाट पक्राउ गरेर मकवानपुर लगिएको थियो।

 

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई पक्षबीच छलफलपछि बमलाई रिहा गरिएको हो।

‍उनी राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव हुन्।