काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सुशील तिमिल्सेनालाई स्वकीय सचिवका रूपमा नियुक्त गरेका छन्। तिमिल्सेनालाई चैत १ गतेदेखि लागू हुने गरी सहसचिव सरहको सुविधा दिनेगरी जिम्मेवारी दिइएको हो। यसअघि उनी उपसचिव सरहको सुविधा लिएर सचिवालयमा कार्यरत थिए।
राष्ट्रपतिको सचिवालयमा प्रमुख स्वकीय सचिवका रूपमा पौडेलकी कान्छी छोरी अवज्ञा पौडेल छन्, जसले बैंकिङ क्षेत्रबाट आएर यो जिम्मेवारी सम्हालेकी हुन्।









