काठमाडौं, ५ चैत – ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान फेरि सुचारु हुने सम्भावना न्यून बन्दै गएको छ ।
क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनबीच भइरहेको छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन । यसर्थ आज (मङ्गलबार) पुनः मतदान सुरु हुने सम्भावना निम्न बन्दै गएको क्याम्पस प्रशासनले जनाएको छ ।
मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान बिहान १० बजेतिर स्थगित गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ ।









