काठमाडौँ, ५ चैत – पूर्वराजा ज्ञानेन्द्र शाह यही चैत ९ गते गोरखा जाने भएका छन् । राज परिवारको कुलदेवता भनेर चिनिने गोरखकाली देवीको पूजा गर्न उनी गोरखा जान लागेको स्रोतले जनाएको छ । पूर्वराजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नागरिक स्वागत समिति’ गठन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति गठन भएको हो । समिति अन्तरगत तीन उपसमिति समेत गठन भएको मल्लले बताए ।पूर्वराजाको स्वागतमा केही कमी कमजोरी नआओस् भनेर उपसमितिहरु गठन गरेर स्वागतको तयारी गरिएको उनले जानकारी दिए । उनका अनुसार पूर्वराजा शाह सडकमार्ग हुदैं चैत ९ गते बिहान १० बजे गोरखा पुग्ने कार्यक्रम रहेको छ ।