काठमाडौँ, १० चैत – नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।









