images
images

माओवादीको कार्यबाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।