images
images

सकियो सत्तारुढ दलको बैठक, भूमि अध्यादेश नियमित प्रकृयाबाट पास गरिने

काठमाडौँ, १३ चैत – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ। अघि बिहान एमाले, कांग्रेस, जसपा, जनमतसहित दलको बैठक बसेको थियो।

बैठकले भूमिसम्बन्धि अध्यादेश नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेकाअनुसार बैठकले भूमि अध्यादेशमा अन्य दलहरूले उठाएका विषय पनि समेटेर लैजाने सहमति भएको छ।

सरकारले ल्याएको छ वटा अध्यादेशमध्ये सत्तारुढ दलले नै भूमि अध्यादेशको विरोध गरेका थिए। त्यसपछि यस अध्यादेशबाट सरकार पछाडि फर्किन बाध्य भएको थियो।