images
images

माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

काठमाडौं, १५ चैत – सिटिटेक ग्रुप प्रालिले एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर “गेटपे” लाई नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा, माछापुच्छ्रे बैंकमा भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । संस्थाले हाल सम्म फिन ९प्रो तथा फिन९पस सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो बर्चस्व कायम गरिसकेको छ ।

गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो ।

व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ । आधुनिक प्रविधि मार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत९प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ।

माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिमका अनुसार, ‘गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।’