images
images

जनकपुरमा हत्याको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

काठमाडौँ – जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा एक किशोरको हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो। झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ।

घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन्। हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।