images
images

राजावादीले सरकारी गाडी जलाए, कर्मचारी निलम्बित

काठमाडौं – राजावादीहरुले सरकारी गाडी जलाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त घटना अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालका अनुसार सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिलाई जलेका गाडीको क्षतिको मूल्याङ्कन, घटनामा संलग्न दोषीहरूको पहिचान र कारबाहीको सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ ।

शुक्रबार राजावादीले सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडीमा आगजनी गरेका थिए । उक्त गाडीहरु पूर्ण रूपमा ध्वस्त भएका छन् ।

त्यस्तै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकलाई सरकारी सम्पत्तिको सुरक्षा नगरेको, चेन अफ कमान्डको पालना नगरेको र सुरक्षा संवेदनशीलता बेवास्ता गरेको कारण देखाउँदै कडा स्पष्टीकरण सोधेका छन् ।

सोही दिन गाडी चलाउने, गाडीमा सवार हुने र खटनपटन गर्ने कर्मचारीहरूलाई अर्को व्यवस्था नहुन्जेलसम्म निलम्बन गरिएको छ ।