images
images

कमल थापाले पनि भनेः राजावादी यहाँ छ, सके जेल हाल !

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार संसद्‌मा ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्दै दिएको अभिव्यक्तिको समर्थन गर्दै थापाले आफूलाई पनि जेल हाल्न चुनौती दिएका छन्।

थापाले लेखेका छन्,’राजावादी यहाँ छ, सके जेल हाल!- राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन स्याबास! हामी पनि भन्छौँ, राजावादी यहाँ छ, सके जेल हाल।’

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलहरूका सांसदले राजावादीलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हालेर देखाउन चुनौती दिएका थिए।