
काठमाडौं, चैत १८ गते – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ ।
प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । यद्यपि आजको बैठकले केही ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।