images
images

दलाई लामा र चीन सरकार बीच अनौपचारिक संवाद सुरु

नयाँ दिल्ली । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए । यद्यपि, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् ।

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैँ तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताइएको छ । दलाई लामाले  तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौँ भन्ने सन्देश निरन्तर दिए पछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाइएको छ ।

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदै छ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौँ। धेरै वर्ष पहिले हामीले निर्णय गर्‍यौँ कि हामी चीनको हिस्सा रहनेछौँ।’