काठडमौं -भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले दुर्गा प्रसाईंलाई ‘गुन्डा नाइके’ को संज्ञा दिँदै उनको कार्यले राजसंस्था नफर्किने ठोकुवा गर्नुभएको छ।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै गुरूङले प्रसाईंले व्यवसायीहरूमाथि धावा बोल्दै आएको र राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको आरोप लगाउनुभयो। उहाँले प्रसाईंको आह्वानमा भएको प्रदर्शनमा भाटभटेनीमा भएको लुटपाट र तोडफोडको निन्दा गर्नुभयो।
गुरूङले प्रसाईंको कार्यले व्यवसायीहरूले देश छाड्ने अवस्था आएको बताउनुभयो। उहाँले प्रश्न गरे, ‘भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ ? नेपालको संविधान मेटिन्छ ?’
उहाँले प्रसाईंको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे र अन्यायविरुद्ध लड्नुपर्ने बताउनुभयो। उहाँले सरकारले प्रसाईंलाई छुट दिएको आरोप लगाउँदै त्यसको परिणामस्वरुप दुई युवाको मृत्यु भएको बताउनुभयो।
गुरूङले भाटभटेनी नेपालीहरूको सुविधाका लागि खुलेको संस्था भएको बताउनुभयो।


लाल्टिन खबर 






