काठमाडौँ – सरकारले तीनकुने घटनामा मारिएकाका परिवारलाई दश दश लाख राहत दिने तयारी गरेको छ।
गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दश दश लाख दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने प्रस्ताव तयार पारेको हो।
गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार मन्त्रिस्तरीय निर्णय गरी अनुमोदनका लागि मन्त्रिरिषदमा पठाइने भएको हो।


लाल्टिन खबर 






