images
images

वडा र पालिकाकाे अधिवेशन चैत मसान्तसम्म गर्न लाेसपाकाे परिपत्र

काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चैत मसान्तसम्म वडा सवै वडा र पालिका अधिवेशन गर्न परिपत्र गरेकाे छ ।

आज लाेसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै चैत मसान्तसम्ममा अधिवेशन सक्न निर्देशन दिनु भएको हाे ।

लाेसपा नेपालकाे आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचन निर्देशिका -२०८१ अनुसार धारा(१)(३) बमोजिम वडा र पालिका सम्बन्धित जिल्ला र सम्बन्धित निकायका सम्पूर्ण नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू सामेल गराई अधिवेशन गर्न भनिएको छ  ।