काठमाडौं -तराई-मधेश केन्द्रित ७ राजनीतिक दलले आज (बिहीबार) मोर्चा घोषणा गर्ने तयारी गरेका छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा हुने भएको हो ।
राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बिहीबार सातै दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा हुने तयारी रहेको बताए ।
यसअघि ती दलका कार्यदलको विभिन्न बैठक बसेर मोर्चाको आचारसंहिता, मोर्चाको नाम आदिबारे छलफल गरेको थियो ।
यसअघि मधेश आन्दोलनको क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरिएको थियो ।


लाल्टिन खबर 






