प्रचण्ड सरकारलाई माडी -ठोरी जोड्ने बाटो तत्कालै कालोपत्रे गर्ने डा. भोजराज को सुझाव

चितवन-३ बाट प्रतिनिधिसभाका प्रत्यासी रहनुभएका चर्चित चिकित्सक डा. भोजराज अधिकारीले प्रचण्ड सरकारलाई भरतपुर माडी ठोरी जोड्ने निकुञ्जको बाटो तत्कालै कालोपत्रे गर्न सुझाव दिनुभएको छ ।

डा. अधिकारीले हाल चितवनमा प्रमुख समस्याका रुपमा रहेको निकुञ्ज भित्रको सडक कालोपत्रे गरी जनतालाई सुरक्षित आवागमन गराउने वातावरण तत्काल थाल्न प्रचण्ड नेतृत्वको सरकारले निर्देशनात्मक रुपमा काम सुरु गर्नुपर्ने उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत सुझाव दिँदै उहाँले पर्सा र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै जाने बाटोको नजिर र ऐन तथा माडीको मार्गमा अवरोध हुने ऐन परिवर्तन सहित मानव जीवनको सर्बोच्चतालाई पहिले सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारको विरुद्धमा शून्य सहनशिलता व्यवहारिक रुपमा कार्यान्वयन गरिरहेको प्रचण्ड नेतृत्वको सरकारले चितवनको नारायणगढ मुग्लिङ सडकमा पहिरोका कारण भइरहने अवरोध हटाउन पनि तत्कालै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।