images
images
images

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, २२ चैत – नेपाली बजारमा आज (शुक्रबार) सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा ३ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोवार भइरहेको छ ।  यस अघि बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार (आज) चाँदी पनि तोलामा १२५ रुपैयाँले  घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।