images
images

विनोद चौधरीले भने चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ ।

आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेका बताउनुभएको हो । उहाँले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका बताउनुभयो ।

उहाँले बिरोधीलाई जिताउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताउनुभयो । आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उहाँको भनाई छ ।

उहाँले नयाँ राजनीतिक दलहरुले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरु उठाउनुपर्ने बताउनुभयो ।