images
images

जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

काठमाडौं जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ ।

बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो ।

एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् ।

यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।

जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना बीचमा छलफल भएको छ ।

१५ वैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।