images
images

भोलि राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं -जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।

गत शुक्रबार प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभा आयोजनाका लागि राप्रपाले स्थान माग गर्दै प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । प्रशासन कार्यालयले भृकुटी मण्डपमा कार्यक्रम आयोजनाका लागि शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसावले माग भएको स्थान उपलब्ध गराउन नसकिने जानकारी गराएको हो ।