images
images

श्रम नीति ल्याउने तयारीमा मन्त्री भण्डारी

काठमाडौं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीको अन्त्य गर्ने तयारी थालेका छन् । अहिले राम्रो आम्दानी हुने देशमा कानुनी रुपमा जाँदा तीन लाख लाग्ने देशहरुमा नेपाली कामदारहरु इलिगल रुपमा जाँदा १२/१५ लाखसम्म तिर्न बाध्य भइरहेका छन् ।

राम्रो आम्दानी हुने देश विभिन्न देशहरुलाई श्रम गन्तव्यको रुपमा विकास गर्ने तयारीमा मन्त्रालय रहेको बताईएको छ । मन्त्री भण्डारी अहिले पोलिसी ल्याउने गृहकार्यमा रहेका छन् ।

श्रम पोलिसी प्रधानमन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्री लगायतको छलफल र सहकार्यमा तयार गरिने बताइएको छ । सस्तो र सुलभमा नेपाली कामदार राम्रो आमदानी हुने देशहरुमा पठाउने र उनीहरुको सुरक्षा र रोजगारको ग्यारेन्टीका श्रम पोलिसीमा व्यवस्था गरिने छ ।