images
images

पूर्वउपराष्ट्रपति पुन बने माओवादीका मनोनीत उपाध्यक्ष

काठमाडौं -पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत भएका छन् । यो सँगै उनी पार्टी राजनीतिमा सकृय रुपमा लाग्ने भएका छन् ।

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी पार्टीका बैठकमा सहभागी हुँदै आएका थिए ।

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु समायोजनमा नगएर राजीनामा होमिएका थिए ।

उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।