images
images
images

विश्वकै प्रदुषित शहरको सूचिमा दोस्रो नम्बरमा काठमाडौँ, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं, २५ चैत  वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरको सूचिमा आएको छ । आज विहान ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो । 

बिहान ८ बजे सम्मको इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २३३ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले ३१० छ । तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको एक्यूआई २२१ छ । चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन् ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ । चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।