images
images

आज नेपाल बार एशोसिएसनको निर्वाचन मतगणना

काठमाडौं, २५ चैत – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सोमबार हुँदैछ । नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भए पनि मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले सोमबारबाट मात्र मतगणना सुरु गर्न लागिएको हो ।

निर्वाचन समितिका अनुसार सोमबार दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ । नेपाल बार एसोसिएसनको भवनमा सात ठाउँमा मतगणना गर्ने तयारी छ । अध्यक्ष पदमा सत्ता साझेदार दल कांग्रेस–एमालेको गठबन्धनबाट डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् ।

यसैगरी सत्ता इतर प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् । शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।